केपी ओलीको संघर्ष र सपना: पूर्वराष्ट्रपति भण्डारीले गरे पुस्तक विमोचन!

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डे सम्पादित पुस्तक ‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ को लोकार्पण गरेकी छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक यात्रा, लोकतन्त्रका लागि लडाइँ र समृद्ध नेपालको परिकल्पना समेटिएको यो पुस्तक अल्केमी प्रकाशनले बजारमा ल्याएको हो। पुस्तकमा ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद् र समाजका विशिष्ट व्यक्तित्वहरूको दृष्टिकोण समावेश गरिएको छ।
बिमोचन कार्यक्रममा स्वयं प्रधानमन्त्री ओली, एमाले महासचिव शंकर पोखरेल लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो। राजनीतिक वृत्तमा पुस्तकको विषयवस्तुले चर्चा पाउने अपेक्षा गरिएको छ।