सल्लाघारी कन्सर्टमा गायक सुशान्त केसीको विशेष निम्तो,बालेनलाई

काठमाडौं – गायक सुशान्त केसीको बहुप्रतीक्षित कन्सर्ट ‘सुशान्त केसी लाइभ इन नेपाल’ आगामी फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा हुँदैछ।
साढे दुई वर्षपछि काठमाडौं उपत्यकामा आयोजना हुन लागेको यो कन्सर्टका लागि सुशान्त अहिले धमाधम तयारी गरिरहेका छन्। आयोजक टोलीले १५ हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखेको छ। कन्सर्टलाई अझै आकर्षक बनाउन अन्य चर्चित कलाकार तथा सेलिब्रेटीहरूलाई पनि निमन्त्रणा गरिने भएको छ।
सबैभन्दा रोचक पक्ष के छ भने गायक सुशान्तले काठमाडौं महानगरका मेयर बालेन शाहलाई विशेष निम्तो दिएका छन्। उनले बालेनलाई आमन्त्रण गरेको र कन्सर्टमा उपस्थित हुने आशा राखेको बताएका छन्।
सुशान्तले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनसँगको भेटबारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो— र्यापदेखि जिम्मेवारीसम्म। वास्तवमै लिजेन्ड! काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो। आशा छ, कन्सर्टमा भेट्नेछु।’
अब हेर्न बाँकी छ— बालेन कन्सर्टमा आउनेछन् कि छैनन्?
गायक सुशान्त केसी मेयर बालेन शाह