समाचार

ट्रम्पले लगाए भारी कर,अमेरिका–चीन व्यापार युद्ध फेरि भड्किने संकेत

ट्रम्पले लगाए भारी कर,अमेरिका–चीन व्यापार युद्ध फेरि भड्किने संकेत

वासिङ्टन डिसी – डोनाल्ड ट्रम्पले चीन, मेक्सिको र क्यानडाबाट आउने सामानमा भारी कर लगाउने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा तीव्र गिरावट आएको छ।

ट्रम्पको नीतिपछि डाउ जोन्स १.४%, एसएन्डपी ५०० १.७५% र नास्ड्याक २.६% ले ओरालो लागेको छ।

पूर्व राष्ट्रपति ट्रम्पले सोमबार घोषणा गर्दै मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५% तथा चीनबाट आउने वस्तुहरूमा १०% अतिरिक्त कर लगाइने बताए। यसको जवाफमा चीन, क्यानडा र मेक्सिकोले पनि अमेरिकामाथि प्रतिशोधात्मक कर लगाउने चेतावनी दिएका छन्।

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले भनिन्, ‘यदि ट्रम्पले शुल्क लगाए भने, हामी पनि बदलामा कर लगाउनेछौं।’ उनले क्यानडामा प्रवेश गर्ने १५५ अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा भारी कर लगाइने बताइन्, जसअन्तर्गत प्रारम्भिक रूपमा ३० अर्ब डलर बराबरका सामानमा नयाँ कर लागु हुनेछ।

यी तीन देश अमेरिकाका प्रमुख व्यापारिक साझेदार हुन्। तर ट्रम्पको नयाँ नीतिले व्यापार युद्धको खतरा झन् बढाएको बीबीसीले जनाएको छ। अब हेर्न बाँकी छ— अमेरिकी अर्थतन्त्रले यो झट्का सहन सक्छ कि सक्दैन?

राष्ट्रपति डोनाल्ड ट्रम्प