प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्दा पत्रकारको संसद प्रवेश पास निलम्बन!

संघीय संसद सचिवालयले दुईजना पत्रकारको प्रवेश पास एक महिनाका लागि निलम्बन गरेको छ। पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुलाई प्रश्न गर्दा अपमानजनक शब्द प्रयोग गरेको आरोपमा यो कदम उठाइएको हो।
प्रधानमन्त्री ओलीको चासोपछि महासचिवस्तरीय निर्णयबाट यो कदम चालिएको जनाइएको छ।
गत फागुन ४ गते प्रतिनिधि सभा बैठकको समाप्तीपछि पत्रकारहरुले संसद भवन बाहिर प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए। उनीहरुले सांसद प्रभु साहको प्रश्नको जवाफ नदिएको विषयमा टिप्पणी गर्दै 'प्रधानमन्त्रीज्यू, तानाशाही प्रवृत्ति किन होला?' भनेका थिए।
यो प्रश्नलाई अमर्यादित मान्दै एमालेका सांसद सूर्य थापा लगायतले संसद्मा विरोध जनाए।