समाचार

चीनको रक्षा बजेटमा तिव्र वृद्धि, अमेरिकालाई टक्कर दिन तयार

चीनको रक्षा बजेटमा तिव्र वृद्धि, अमेरिकालाई टक्कर दिन तयार

चीनले चालु आर्थिक वर्षको बजेटमा रक्षा खर्च उल्लेखनीय रूपमा वृद्धि गरेको छ। यस वर्ष ७.२ प्रतिशतले बढाएर रक्षा बजेटलाई २ खर्ब ४९ अर्ब डलर पुर्‍याउने घोषणा गरिएको छ। बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा सुरु भएको राष्ट्रिय जनकांग्रेसको बैठकमा प्रस्तुत बजेटमा यसबारे उल्लेख गरिएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अमेरिकापछि चीनको रक्षा बजेट विश्वकै दोस्रो ठूलो बनेको छ। अमेरिकाले यस वर्ष मात्रै ८ खर्ब ५० अर्ब डलरको रक्षा बजेट घोषणा गरिसकेको छ।

चीनले आर्थिक वृद्धिको लक्ष्य यस वर्ष पनि ५ प्रतिशत हाराहारी राखेको छ। प्रधानमन्त्री लि छ्याङले पेश गरेको सरकारको कार्य प्रतिवेदनअनुसार, चीनले वैदेशिक व्यापार र लगानी विस्तार गर्ने रणनीति अपनाउँदै छ। पछिल्ला दुई आर्थिक वर्षमा चीनले यही लक्ष्य हासिल गरिसकेको छ।

यसबीच, चीन–अमेरिका व्यापार युद्ध झनै चर्किएको छ। अमेरिकाले चीनबाट आयात हुने सामानमा २० प्रतिशतसम्म कर वृद्धि गरेको छ, जबकि चीनले पनि अमेरिकाबाट आउने कृषि तथा खाद्य उत्पादनमा १५ प्रतिशतसम्म कर लगाउने घोषणा गरिसकेको छ।