अमेरिकाले दिएको रकम कसले, कति र कसरी प्रयोग गर्यो?

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाबाट प्राप्त सहयोग रकमको हिसाब-किताब सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
खतिवडाले प्रश्न गर्दै भने, "अमेरिकाले दिएको रकम कसले, कति र कसरी प्रयोग गर्यो? यो रकम दुरुपयोग भएको चर्चा व्यापक छ। सरकार किन मौन छ?"
उनले एनजीओ र आईएनजीओमार्फत आएको रकम पारदर्शी हुनुपर्ने भन्दै शंकास्पद खर्चको खुलासा गर्न श्वेतपत्र जारी गर्न सरकारलाई चुनौती दिए। "यदि यो रकम नेपाललाई बदनाम गराउन प्रयोग भएको छ भने सरकार किन लुकेको छ? अब श्वेतपत्र जारी गरेर सत्य बाहिर ल्याउनुहोस्!" खतिवडाको माग थियो।