समाचार

शेखरको तिखो आलोचना: "दुर्गा प्रसाईँभन्दा पनि मन्त्री र प्रधानमन्त्री बढी अराजक!"

शेखरको तिखो आलोचना: "दुर्गा प्रसाईँभन्दा पनि मन्त्री र प्रधानमन्त्री बढी अराजक!"

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुर्गा प्रसाईँभन्दा पनि मन्त्रीहरु र प्रधानमन्त्री बढी अराजक देखिएको टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले व्यक्तिलाई बोल्ने स्वतन्त्रता रहेको र प्रसाईँले भन्दा पनि अराजकत तरिकाले मन्त्री, प्रधानमन्त्रीले बोलिरहेको तर्फ टिप्पणी गरेका हुन् ।

शेखरले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता स्वीकार्दै भने, "दुर्गा प्रसाईँको कुरा यो विषय होइन। अभिव्यक्ति स्वतन्त्रता छ, तर मन्त्री र प्रधानमन्त्रीको बोलाइलाई त मैले अराजकताका रूपमा देखेको छु।"

उनले थपे, "तपाईंहरूले हेर्नुस्, मन्त्री र प्रधानमन्त्रीले के-के बोलिरहेका छन्? हामी राजा, दुर्गा प्रसाईँ र ज्ञानेन्द्र शाहीको कुरा गरिरहेका छौं। यो मैले स्वीकार्दिनँ।"

शेखरले राजनीति दलहरूको कमजोरीका कारण राजावादीहरूको फाइदा भएको भन्दै, सरकारलाई यस्ता गतिविधिहरुलाई इग्नोर गरेर अगाडि बढ्नुपर्ने कुरा राखे।

उनले भने, "राजावादीहरूले सरकारले समाउने काम गर्नु हुँदैन, यस्ता गतिविधिहरुलाई नजरअन्दाज गर्दै देशलाई अघि बढाउनुपर्ने हो।" उनको भनाइले सरकारका उच्च अधिकारीहरूको आलोचना बढाएको छ र यसले नेपालमा राजनीतिक बहसलाई नयाँ दिशा दिएको छ।