समाचार

भारतीय दूतावासको आयोजनामा गल्फ प्रतियोगिता, दुई प्रतिभालाई प्रोत्साहनस्वरुप एक–एक लाख

भारतीय दूतावासको आयोजनामा गल्फ प्रतियोगिता, दुई प्रतिभालाई प्रोत्साहनस्वरुप एक–एक लाख

काठमाडौं – नेपालस्थित भारतीय राजदूतावासले अम्बासडर इन्भाइटेसनल गल्फ प्रतियोगिता २०२५ काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजना गरेको छ ।

शनिबार आयोजित यस कार्यक्रममा प्रमुख गल्फरहरू, सरकारी अधिकारीहरू, कूटनीतिक प्रतिनिधिहरू र गेल्फप्रेमीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले यस प्रकारका खेलकुद कार्यक्रमहरूमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए । नेपालका गल्फसँग सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहित गर्न निरन्तर प्रयास गर्ने पनि उनले बताए । उनले भने, "यस्ता खेलकुद कार्यक्रमहरूले भारत र नेपाल बीचको सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत गर्नेछन् र नेपालमा गोल्फ समुदायलाई प्रोत्साहित गर्ने हाम्रो चाहना रहन्छ।"

दूतावासले नेपालका दुई प्रतिभावान युवा गल्फरलाई प्रोत्साहनस्वरुप एक–एक लाख रुपैयाँ प्रदान गरेको थियो । काठमाडौं स्थित भारतीय दूतावासले २०२५ का लागि त "भारतीय एम्बासडर गल्फ प्रतियोगिता" का सबै विजेताहरूलाई बधाई दिएको छ।