प्रधानमन्त्री मुद्रा योजना: महिलाहरूको नेतृत्वमा अघि बढ्दो भारत

प्रधानमन्त्री मुद्रा योजना (PMMY) भारतमा आर्थिक समावेशिता र महिला सशक्तिकरणका लागि एक प्रभावकारी उपकरणको रूपमा स्थापित भएको छ। यो योजना अन्तर्गत लाखौँ महिलाहरूले पहिलोपटक वित्तीय संस्थासँग सम्बन्ध स्थापित गर्दै साना व्यवसाय सञ्चालनमा संलग्न हुन पाएका छन्। विशेषतः ग्रामीण र अर्ध-शहरी क्षेत्रका महिलाहरूले यो योजनालाई अवसरको ढोका बनाएका छन्।
ऋण प्राप्त गर्न कुनै धितोको आवश्यकता नपर्ने भएकाले महिला उद्यमीहरूले नयाँ व्यवसाय सुरु गर्न सजिलो महसुस गरेका छन्। घरबाट सञ्चालन हुने व्यवसाय, कृषि–आधारित उद्योग, खुद्रा पसलदेखि सेवा क्षेत्रसम्म, महिलाहरू सक्रिय रूपले सहभागी भएका छन्। मुद्रा योजनाले उनीहरूको आत्मविश्वास मात्र होइन, समुदायमा सम्मान र आर्थिक स्वायत्तता पनि बढाएको छ।
सरकारले दिएको प्रारम्भिक वित्तीय समर्थनले महिलाहरूको उद्यमशीलता विकासमा मद्धत पुगेको छ भने, यसले स्थानिय रोजगारी र आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि गरेको छ। महिलाहरू अब केवल उपभोक्ता नभई उत्पादक, नेतृत्वकर्ता र नवप्रवर्तनकर्ता बन्न थालेका छन्।
यो योजना महिला सशक्तिकरणको प्रतीक मात्र होइन, भारतको दिगो र समावेशी आर्थिक वृद्धिको मेरुदण्ड बन्न थालेको छ। मुद्रा योजनाले देखाएको प्रभाव र सम्भावना हेर्दा, महिला नेतृत्वमा आधारित विकास भारतको भविष्य निर्माणको मूल आधार बन्ने संकेत देखिन्छ।