समाचार

प्रहरीको अवरोध तोड्दै वीरगञ्जमा 'पाकिस्तान मुर्दाबाद'को नारा! कश्मीरमा नेपालीको हत्या विरुद्ध सडकमा जनसागर!

प्रहरीको अवरोध तोड्दै वीरगञ्जमा 'पाकिस्तान मुर्दाबाद'को नारा! कश्मीरमा नेपालीको हत्या विरुद्ध सडकमा जनसागर!

जम्मू–कश्मीरको पहलगाममा हालै भएको बर्बर आतंकवादी हमलाको विरोधमा राष्ट्रिय एकता अभियानले सोमबार बाराको सिमरादेखि पर्साको वीरगञ्जसम्म विशाल विरोध ¥याली निकालेको छ। प्रहरीको कडा अवरोधलाई समेत छिचोल्दै प्रदर्शनकारीहरू वीरगञ्जको घण्टाघरसम्म पुग्न सफल भए, जहाँ उनीहरूले पाकिस्तान समर्थित आतंकवादी समूहद्वारा गराइएको उक्त घटनाको चर्को शब्दमा भर्त्सना गरे। उक्त हमलामा एक नेपाली विद्यार्थी सुदीपानी न्यौपाने सहित २६ जना निर्दोष व्यक्तिहरूको ज्यान गएको थियो, जसले नेपालमा पनि आक्रोश पैदा गरेको छ।

प्रहरी अवरोधका बीच घण्टाघरमा प्रदर्शन:

सिमराबाट सुरु भएको शान्तिपूर्ण ¥यालीलाई सुरक्षाकर्मीले जितपुर नजिकै रोक्ने प्रयास गरेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिए पनि आक्रोशित सहभागीहरू हच्किएनन्। उनीहरूले वैकल्पिक बाटो प्रयोग गर्दै वीरगञ्जको मुटु मानिने ऐतिहासिक घण्टाघरसम्म पुगेरै छाडे। घण्टाघर परिसर पाकिस्तान विरोधी नाराले गुञ्जायमान बनेको थियो।

'पाकिस्तान आतंकवादको जन्मस्थल':

प्रदर्शनमा सहभागीहरूले ‘पाकिस्तान आतंकवादको जन्मस्थल’, ‘इस्लामी आतंकवाद मुर्दाबाद’, ‘पहलगामका शहीदहरू अमर रहुन्’, ‘निर्दोष नागरिकको हत्या बन्द गर’ जस्ता नाराहरू लगाएका थिए। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले कार्यक्रमलाई सम्बोधन गर्दै पहलगाम आक्रमणको योजना पाकिस्तानले नै बनाएको र दक्षिण एसियामा अस्थिरता फैलाउने रणनीतिको हिस्सा भएको गम्भीर आरोप लगाउनुभयो। "नेपालले पनि आतंकवादको स्पष्ट रूपमा विरोध गर्नुपर्छ," उहाँले जोड दिनुभयो। यादवले ¥याली रोक्ने प्रयासलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको हननको संज्ञा दिनुभयो, यद्यपि स्थानीय प्रशासनले ¥याली बिना अनुमति आयोजना गरिएको र सुरक्षा संवेदनशीलताका कारण हस्तक्षेप गर्नुपरेको जनाएको छ।

नेपाली चेली सहित मृतकप्रति श्रद्धाञ्जली:

घण्टाघरमा आयोजित विरोध सभामा सहभागीहरूले पहलगाम हमलामा मारिएका भारतीय सुरक्षाकर्मी, नागरिकहरू र विशेष गरी नेपाली  सुदीप न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूको सम्झनामा एक मिनेट मौनधारण समेत गरियो।

नेपालमा सामान्यतया पाकिस्तानविरुद्ध यसरी खुलेर सडकमा विरोध प्रदर्शन हुने घटना विरलै मानिन्छ। राष्ट्रिय एकता अभियानको यो कदमले दक्षिण एसियामा सक्रिय आतंकवाद र यसलाई प्रश्रय दिने शक्तिहरूप्रति नेपाली जनमतलाई थप सचेत गराउने प्रयास गरेको देखिन्छ।