विदेश

अब्दुल रऊफ अजहर, IC-814 अपहरणको मास्टरमाइन्ड, ‘अपरेसन सिन्धूर’ मा मारिएको: भारतीय जनता पार्टीको दाबी

अब्दुल रऊफ अजहर, IC-814 अपहरणको मास्टरमाइन्ड, ‘अपरेसन सिन्धूर’ मा मारिएको: भारतीय जनता पार्टीको दाबी

भारतीय जनता पार्टी (BJP) ले दाबी गरेको छ कि बहुचर्चित आतंकवादी र जैश–ए–मोहम्मदका शीर्ष नेता अब्दुल रऊफ अजहर ‘अपरेसन सिन्धूर’ अन्तर्गत भारतीय वायुसेनाले पाकिस्तानमा गरेको सटीक कारबाहीमा मारिएका छन्।

पार्टीले सामाजिक सञ्जालमा रऊफ अजहरको तस्वीरसहित “Eliminated” लेखिएको पोस्ट सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। कारबाहीमा पाकिस्तानको बहावलपुरस्थित जैश–ए–मोहम्मदको मुख्यालय ‘जामिया मस्जिद सुब्हान अल्लाह’ पनि लक्षित गरिएको थियो।

अब्दुल रऊफ अजहर, जैश प्रमुख मसूद अजहरका भाइ हुन्। उनी सन् १९९९ मा काठमाडौँबाट दिल्ली जाँदै गरेको इण्डियन एयरलाइन्स को IC-814 अपहरणको मास्टरमाइन्ड मानिन्छन्। त्यही अपहरणका कारण भारतले तीन कुख्यात आतंकवादीहरू—मसूद अजहर, अहमद उमर शेख, र मुश्ताक जरगर—रिहा गर्न बाध्य भएको थियो।

रऊफ अजहर २००१ को संसद आक्रमण र २०१६ को पठानकोट एयरबेस हमला मा पनि संलग्न रहेका थिए। उनी भारतको मोस्ट वान्टेड सूचीमा लामो समयदेखि रहेका थिए।

BJP को पोस्टमा लेखिएको छ:
"कंधार प्लेन हाईजैक
पठानकोट आतंकी हमला
भारतीय संसद आतंकी हमला
#OperationSindoor में मारा गया मोस्ट वांटेड पाकिस्तानी आतंकी अब्दुल रऊफ अजहर।"

यसैबीच, मसूद अजहरले बहावलपुरमा हवाई आक्रमणमा आफ्ना १० पारिवारिक सदस्य र ४ सहयोगी को मृत्यु भएको एक वक्तव्यमार्फत पुष्टि गरेका छन्। वक्तव्यमा उनले लेखेका छन्, “१० जना परिवारका सदस्यहरू एउटै रात अल्लाहका मेहमान बने... पाँच जना निर्दोष बच्चा, मेरी दिदी, उहाँका श्रीमान्, मेरा प्रिय भाञ्जा र उनका पत्नी, अनि मेरा प्यारा भतिजा। दुईजना सहयोगीहरू पनि साथमै।”

तर मसूद अजहरले यी मृत्युप्रति कुनै “पछुतो वा निराशा नभएको” भन्दै वक्तव्यमा लेखेका छन्, “यो बारम्बार मेरो हृदयमा आउँछ कि म पनि त्यो १४ सदस्यीय काफिलामा हुन्थेँ। समय त आएको थियो, तर मालिकले मलाई अझै जोगाइराख्नुभयो।”


यदि अब्दुल रऊफ अजहरको मृत्यु आधिकारिक रूपमा पुष्टि भयो भने, यो भारतका लागि ठूलो रणनीतिक सफलता हुनेछ। IC-814 को अपहरणको घाउ अझै पनि भारतको राष्ट्रिय चेतनामा ताजा छ। अब्दुल रऊफजस्ता आतंकको योजनाकारलाई नष्ट गर्नु केवल बदला होइन—यो आतंकविरुद्धको एक ऐतिहासिक निवारण हो।

यस कारबाहीले भारतले अब ‘सर्जिकल स्ट्राइक’ मात्र होइन, रणनीतिक सफाया गर्ने सामर्थ्य राख्ने राष्ट्रको रूपमा सन्देश दिएको छ।
अब भारतले केवल जोगिने होइन, आफैं आघात गर्न सक्ने नीति अख्तियार गरिसकेको छ।