नेपाल मेडिकल कलेजमा बिस्फोटको पूर्वलक्षण

काठमाडौं — नेपाल मेडिकल कलेज (NMC) भित्र गम्भीर संस्थागत तनाव र कर्मचारी असन्तोषको अवस्था सिर्जना भएको छ। लामो समयदेखि कर्मचारीहरूमा अन्याय, अत्याचार, शोषण, पिडा र अपमान व्याप्त रहेको छ भने अर्कोतर्फ सम्मानपूर्वक, स्वतन्त्र र न्यायोचित श्रम गर्ने अवसरको अभाव छ। यस दुई विपरित पक्षबीच झुकेको कर्मचारी मनोबल व्यवस्थापनको दबाब र त्रासको वातावरणमा फसेको देखिन्छ।
कर्मचारी ट्रेड युनियन कमजोर र दबाइएको अवस्थामा रहेका छन्। त्यसैले कर्मचारीहरू पुनः संगठित भएर क्रान्ति र विद्रोहका लागि निर्णायक तयारीमा लाग्न थालेका छन्। उनीहरूको आवाज सुन्न नसक्ने व्यवस्थापनले आफ्नो स्थिति कमजोर हुँदै गएको महसुस छ।
यसै क्रममा केही प्रमुख घटनाहरूले व्यवस्थापनको असहज स्थिति प्रकट गरेका छन्।
पहिलो, अस्पताल निर्देशक डा. नीलमणि उपाध्यायले समाचार प्रकाशन भएपछि ‘नेपाल आज’ का सम्पादकलाई धम्कीपूर्ण ह्वाट्सएप सन्देश पठाएका छन्।
दोस्रो, नेपाल आजको मोबाइलमा फोन गरी आफूलाई माओवादी कार्यकर्ता र अस्पताल कर्मचारी भनी परिचय दिने एक व्यक्तिले धम्की दिएका छन्। उनले भनेका छन्, "निलमणि सर हाम्रो पार्टीका मान्छे हुनुहुन्छ, हामी मर्न र मार्न तयार छौं। त्यो नविना र निलमणि सर को समाचार तुरुन्त हटाउनुपर्छ, नत्र नराम्रो हुन्छ।"
तेस्रो, पाकिस्तानसँग जोडिएको एक मिडिया नेटवर्कले ‘नेपाल आज’ विरुद्ध केही वर्ष अगाडि प्रकासन अगरेको हावादारी समाचार अस्पताल कर्मचारी वृत्तमा नेपाल मेडिकल कलेजले प्रचार प्रचार गर्दै छ। उक्त गतिविधिमा मेट्रोनको संलग्नता रहेको आशंका गरिएको छ। 'For your information ... share as much as you can... we are close to culprit...' भन्दै बर्सौ पुराना नियामक निर्णयहरू, झुटा आरोपसहितको लिंक, र नेपाल आज का बिरुद्ध अपमानजनक सामग्री सर्कुलर गरिदै छ। मेट्रोनलाई सबै कर्मचारीहरूलाई उक्त धम्की सन्देश पठाउन लगाइ अपशब्द प्रयोग गरी हप्काउने काम पनि गरेको बताइन्छ।
चौथो, कर्मचारीहरूले अनगिन्ती पटक ‘नेपाल आज’ लाई कल गरेर समस्याहरू उजागर गर्दै ‘अब धेरै भयो, कहिले सम्म सहने?’ भनेर गुनासो गरेका छन्।
प्रशासनिक नेतृत्वका प्रमुखहरू, प्रबन्ध निर्देशक डा. सभिहा यास्मिन र अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीले यस्ता समाचारलाई सामान्य ठान्दै ‘हामि डराउदैनौं’ भनी सार्वजनिक अभिव्यक्ति दिएका छन्। तथापि, यिनले अस्पतालका मेडिकल निर्देशक र कर्मचारीहरूलाई धम्की दिन निर्देशन दिएको आरोप पनि खुलेको छ। मेट्रोनलाई सबै कर्मचारीहरूलाई उक्त धम्की सन्देश पठाउन लगाएको र अपशब्द प्रयोग गरी हप्काउने काम गरेको बताइन्छ।
यसैबीच, अस्पतालमाथि पाकिस्तान समर्थित ‘अण्डरवल्ड’ को लगानी रहेको अपुष्ट आरोपहरू पनि सामाजिक सञ्जाल र कर्मचारीहरू माझ फैलिएको छ। कतिपय स्रोतहरू भन्छन्, “डि कम्पनिको लगानी भएको हुनाले कर्मचारीहरू डराएका छन्।” यस विषयमा आधिकारिक पुष्टि वा अस्वीकृति भने आएको छैन।
अन्त्यमा, नेपाल मेडिकल कलेजको यस संवेदनशील अवस्थाले संस्थाको दीर्घकालीन प्रतिष्ठा र कर्मचारी मनोबलमा गहिरो असर पुर्याएको छ। सार्वजनिक हित र चिकित्सकीय सेवा प्रदायकको उत्तरदायित्वलाई ध्यानमा राख्दै, संस्थाले पारदर्शिता र जवाफदेहिता अपनाउनु अत्यावश्यक छ।
नेपाल आज स्रोतहरूको सुरक्षा गर्दै, सत्यतथ्यमा आधारित जिम्मेवार पत्रकारितामा प्रतिबद्ध रहेको छ र सम्बन्धित पक्षहरूलाई आफ्नो धारणा राख्न अझै पनि खुला अवसर दिन तयार छ। संवाद र सहकार्यमार्फत यस संस्थामा स्थायी सुधार ल्याउने आशा गरिएको छ।