समाचार

आफ्नो चरित्र हत्या भएको आरोप लगाउँदै नर्स नविनाले दर्ता गराइन् उजुरी!

आफ्नो चरित्र हत्या भएको आरोप लगाउँदै नर्स नविनाले दर्ता गराइन् उजुरी!

काठमाडौं — नेपाल मेडिकल कलेज शिक्षण अस्पतालकी मेट्रोन नविना सिंहले २०८२ असार ३ गते प्रेस काउन्सिलमा नेपाल आज विरुद्ध उजुरी दर्ता गराएकी छन्। उनले दाबी गरेकी छन् कि नेपाल आजमा प्रकाशित समाचारले उनको र अस्पतालका कर्मचारीहरूको मनोबलमा ‘आघात’ पुगेको छ भने ‘भविष्यमा नकारात्मक प्रभाव’ पर्ने सम्भावना रहेको छ। साथै, नर्सिङ कर्मचारीहरूमा मानसिक तनाव सिर्जना भएको पनि उनले उल्लेख गरेकी छन्।

उनले प्रेस काउन्सिलमा नेपाल आजको समाचारमा उल्लेखित स्रोतहरू सार्वजनिक गर्न चुनौती दिएकी छन् र समाचारले नर्सिङ कर्मचारीहरूलाई मानसिक पीडा पुर्‍याएको भन्दै कडा कारबाहीको माग गरेकी छन्। नविनाले आफ्नो चरित्रहत्या भएको पनि औंल्याएकी छन्।

यसअघि प्रकाशित समाचारहरूमा नेपाल मेडिकल कलेजमा देखिएका असहज अवस्था, कर्मचारीहरू बीचको तनाव, पारदर्शिता र जवाफदेहिताको अभाव, प्रेस स्वतन्त्रता तथा मानव अधिकारमाथिको दबावजस्ता विषयहरू उठाइएको थियो।

नेपाल आजले आफ्नो पत्रकारिता नीतिअनुसार सबै पक्षलाई न्यायसंगत अवसर दिने प्रतिबद्धता व्यक्त गर्दै, स्रोतहरूको गोपनीयता र तथ्यहरूको सत्यतामा पूर्ण ख्याल राख्दै समाचार प्रकाशन गर्दै आएको छ।

संवेदनशील विषयमा प्रकाशित समाचारले समाजमा जागरूकता ल्याउने र संस्थागत सुधारमा सहयोग पुर्‍याउने आशय राख्दछ। आगामी दिनमा सम्बन्धित पक्षहरूको थप प्रतिक्रिया प्राप्त हुनासाथ नेपाल आजले त्यसलाई पनि न्यायसंगत र सम्मानजनक रूपमा प्रकाशन गर्नेछ।


नोट: हामी सबै कर्मचारीहरू, उजुरीकर्ता नविना सिंह लगायत सबैलाई उच्च सम्मान प्रकट गर्न चाहन्छौं।



थप समाचार पढ्न ‘नेपाल मेडिकल कलेज’ लेखिएको तलको ट्यागमा क्लिक गर्नुहोला।

नेपाल मेडिकल कलेज