समाचार

पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार आइसियूमा उपचाररत, स्वास्थ्य अवस्था चिन्ताजनक!

पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार आइसियूमा उपचाररत, स्वास्थ्य अवस्था चिन्ताजनक!

पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जेनजी आन्दोलनका क्रममा डल्लुस्थित खनालको घरमा आगजनी हुँदा घाइते भएकी चित्रकारलाई अहिले कीर्तिपुरस्थित वर्न अस्पतालको आइसियूमा राखी उपचार भइरहेको छ।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार चित्रकारको शरीर १५ प्रतिशत जलेको भए पनि अवस्था गम्भीर मानिएको छ। उहाँले बताउनुभयो, “शरीरमा आगोले १५ प्रतिशत भाग जलाएको छ। तर, श्वासप्रश्वासमा समस्या भएकाले स्वास्थ्य अवस्था चिन्ताजनक छ।”

मङ्गलबार भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले खनालको डल्लुस्थित घरमा आगो लगाउँदा चित्रकार घाइते भएकी थिइन्। त्यसपछि तत्कालै उनलाई उद्धार गरेर वर्न अस्पताल लगिएको हो।