गुणस्तर मात्र होइन, जीवनशैलीमै ‘No Compromise’: शिवम् सिमेन्ट

शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन “Quality को मामलामा No Compromise” अन्तर्गत तेस्रो भिडियो सार्वजनिक गरेको छ। कम्पनीले यस भिडियोमार्फत दैनन्दिन जीवनमा समयपालनको महत्त्वलाई देखाउन दुई साथीबीचको फरक निर्णयलाई कथामा उतारेको छ। एकजना समयमै विमानस्थल पुगेका छन् भने अर्काले उडान ढिलिने अनुमान गर्दै ढिलाइ गरेका कारण अवसर गुमाएको प्रसंगमार्फत “समयको मामलामा No Compromise” भन्ने सन्देश प्रस्तुत गरिएको छ।
यसअघि अभियानको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीमार्फत “कर्तव्यको मामलामा No Compromise” भन्ने सामाजिक सन्देश दिइएको थियो। दोस्रो चरणमा घरबेटी र भाडावालबीचको सम्झौतामार्फत “सर्तकताको मामलामा No Compromise” भन्ने विषयमा चेतना जगाउने प्रयास गरिएको थियो। कम्पनीका अनुसार यी दुवै भिडियो दर्शकहरूले अत्यधिक रुचाएका थिए।
शिवम् सिमेन्टले यस अभियानलाई केवल ब्राण्ड प्रचार नभई सामाजिक उत्तरदायित्वसँग जोडेको जनाएको छ। कम्पनीको भनाइमा, “No Compromise भन्न सजिलो भए पनि व्यवहारमा लागू गर्न कठिन हुन्छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ।” यस सन्देशमार्फत शिवम् सिमेन्टले गुणस्तरमा सम्झौता नगर्ने आफ्नो नीति दोहोर्याएको छ।
सन् २०१० देखि उत्पादनमा रहेको शिवम् सिमेन्टले केवल ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (OPC) उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीले दीर्घकालीन भरोसा र गुणस्तरलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ। यसै प्रतिबद्धताको मान्यता स्वरूप शिवम् सिमेन्टले NS Quality Award 2019 पनि प्राप्त गरिसकेको छ।
सिमेन्ट उद्योगमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला शिवम् सिमेन्टले विज्ञापन अभियानलाई सामाजिक सन्देशसँग जोड्दै आफ्नो ब्राण्ड पहिचानलाई मजबुत बनाउन खोजेको देखिन्छ। कम्पनीको नाराहरू—“गुणस्तरको पहिचान हो शिवम्,” “भरोसा अटुट सम्बन्धको”—यस रणनीतिको हिस्सा हुन्, जसले गुणस्तर र विश्वसनीयतालाई बजारमा पुनः स्थापित गर्ने लक्ष्य लिएको छ।