समाचार राजनीति

सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं : प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव

सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं : प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव

जंगीअड्डामा जेनजी प्रतिनिधिहरूको बैठक बसेर शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने प्रस्ताव गरिएको खुलेको छ। उक्त प्रस्ताव सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष पठाइएको एक उच्च सैनिक अधिकारीले पुष्टि गरेका छन्। उनले भने, “उहाँहरूले सम्माननीयज्यूको नाम अघि सारेका छन्, तर अर्का समूहहरूसँग पनि संवाद भइरहेको छ।”

सेनाले यस विषयमा पूर्वप्रधानन्यायाधीश कार्कीसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरिरहेको जनाएको छ। यसैबीच बुधबार दिनभर सामाजिक सञ्जाल डिस्कर्डमार्फत जेनजी युवाबीच कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा बहस चलेको थियो। सो बहसमा पनि कार्कीको पक्षमा ठोस समर्थन देखिएको सहभागीहरूले जनाएका छन्।