समाचार

विदेशी हस्तक्षेप बन्द गर! संविधान बचाउ भन्दै बानेश्वरमा नेविसंघ सडकमा

विदेशी हस्तक्षेप बन्द गर! संविधान बचाउ भन्दै बानेश्वरमा नेविसंघ सडकमा

 

काठमाडौंको बानेश्वरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले ‘विदेशी हस्तक्षेप बन्द गर’, ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेविसंघका अनुसार, यो आन्दोलन नेपालको सार्वभौमिकता, संविधानको संरक्षण र राष्ट्रिय स्वाभिमानमाथि देखिएको चुनौतीविरुद्ध गरिएको हो। उनीहरूले राष्ट्रियता कमजोर पार्ने सबै किसिमका गतिविधि रोक्न सरकार र राजनीतिक दललाई सचेत गराउन माग गरेका छन्।