देउवा दम्पतीको स्वास्थ्यमा सुधार, सेनाको निगरानीमा!
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। सेनाका एक अधिकृतका अनुसार दुवैको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।
मङ्गलबारको जेनजी पुस्ताको विरोध प्रदर्शनका क्रममा देउवा दम्पतीमाथि आक्रमण हुँदा घाइते भएका थिए। त्यसपछि सेनाले तत्काल उद्धार गरेर सुरक्षित स्थानमा पुर्याएको थियो। हाल उनीहरू सेनाको विशेष सुरक्षामा रहेका छन्।