"त्रिविले असामान्य परिस्थितिका कारण कात्तिक १० सम्म पठनपाठन स्थगित, कात्तिक ११ देखि नियमित कक्षा सञ्चालन!
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले देशभर उत्पन्न असामान्य परिस्थितिलाई दृष्टिगत गर्दै आगामी कात्तिक १० गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। त्रिविका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा जारी विज्ञप्तिअनुसार, यही भदौ २९, ३० र ३१, असोज १, २ र ५ सहित कात्तिक ९ गतेसम्म कक्षाहरू बन्द रहनेछन्।
क्षेत्रीले विज्ञप्तिमा आगामी कात्तिक ११ गतेदेखि त्रिविको पठनपाठन नियमित सञ्चालन हुने जानकारी दिएकी छिन्। उनका अनुसार, बन्द गरिएका दिनहरूलाई आगामी हिउँदे बिदाबाट कटौती गर्ने निर्णय समेत गरिएको छ।
देशव्यापी अशान्ति र सुरक्षासम्बन्धी चुनौतीबीच त्रिविको यो कदम शैक्षिक सत्रलाई सम्भव भएसम्म नियमिततालाई फर्काउने प्रयासका रूपमा आएको हो। तर, परिस्थिति स्थिर नभएसम्म विद्यार्थी, शिक्षक र अभिभावकहरूमा अनिश्चितताको मनोविज्ञान कायमै रहने देखिन्छ।