समाचार अपराध सुरक्षा

भ्रामक समाचार नमान्न सेनाको चेतावनी: ‘आधिकारिक स्रोतमै भर पर्नुहोस्!

भ्रामक समाचार नमान्न सेनाको चेतावनी: ‘आधिकारिक स्रोतमै भर पर्नुहोस्!

नेपाली सेनाले हालको असामान्य राजनीतिक परिस्थितिलाई लिएर विभिन्न टिप्पणी र विश्लेषण सार्वजनिक भइरहेका अवस्थामा आधिकारिक स्रोतबाहेक अन्यत्रका समाचारप्रति सतर्क रहन आग्रह गरेको छ।

सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा आफूले गर्ने गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट पार्दै भ्रामक वा असत्य सूचनामा विश्वास नगर्न आम सर्वसाधारणलाई सचेत गराएको हो।

विज्ञप्तिमा भनिएको छ, “सेनासम्बन्धी कुनै पनि जानकारीका लागि आधिकारिक स्रोतलाई मात्र आधार बनाउन सम्पूर्णलाई अनुरोध गर्दछौँ।” सेनाले सेनासम्बन्धी सूचना आदान–प्रदानका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने र स्थानीय तहमा तोकिएका पृतना हेडक्वार्टरहरूसँग पनि आवश्यक समन्वय गर्न सकिने व्यवस्था रहेको जानकारी पनि दिएको छ।

हालैका घटनाक्रमबीच सार्वजनिक भ्रम बढेको आभास हुँदा सेनाले गरेको यो स्पष्टिकरणले सूचना उपभोगमा नागरिक स्तरमा थप सावधानी आवश्यक रहेको देखिन्छ।