प्रधानमन्त्री कार्कीलाई शुभकामना पठाउँदै पाकिस्तान: शान्ति र प्रगतिको कामना

पाकिस्तानले नेपालमा सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको घटनालाई औपचारिक शुभकामना दिएको छ। यहाँस्थित पाकिस्तानी दूतावासले शनिबार सार्वजनिक गरेको वक्तव्यअनुसार प्रधानमन्त्री शेहेबाज सरिफले कार्कीलाई प्रधानमन्त्री पद सम्हाल्नुभएकोमा बधाईसहित शुभकामना प्रेषित गर्नुभएको हो।
शरिफले आफ्नो सन्देशमार्फत नेपाल–पाकिस्तान सम्बन्धलाई अझ गहिरो र सुदृढ बनाउन कार्कीसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन्। साथै, उहाँले नेपाली जनताको शान्ति, स्थिरता र समृद्धिको आकांक्षाप्रति समर्थन व्यक्त गरेका छन्।
नेपालमा पछिल्ला राजनीतिक घटनाक्रमबीच अन्तरिम प्रधानमन्त्रीको रूपमा कार्कीको नेतृत्वलाई छिमेकी राष्ट्र पाकिस्तानले देखाएको चासो क्षेत्रीय कूटनीतिक सम्बन्धलाई थप सक्रिय बनाउन सक्ने संकेतका रूपमा हेरिएको छ। आगामी दिनमा कार्की नेतृत्वको सरकार र पाकिस्तानबीचको सहकार्यले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिन सक्ने अपेक्षा गरिएको छ।