एमाले अध्यक्ष केपी शर्मा ओली:सेनाको सुरक्षाबाट बाहिरिनुभयो!

नेकपा (एमाले) अध्यक्ष तथा हालै पदत्याग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइँदै आएको सेनाको सुरक्षा आजदेखि हटाइएको छ। यो जानकारी पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सार्वजनिक गरेका हुन्। उहाँका अनुसार सुरक्षा हटाएपछि ओली भक्तपुरस्थित आफ्ना पार्टी कार्यकर्ताको निवासमा पुगेका छन्।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनले राजधानीलगायतका स्थानमा ठूलो राजनीतिक कम्पन ल्याएको थियो। सो क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयसहितका राज्यका प्रमुख संरचनामा आगजनी र तोडफोड गरेका थिए। त्यसलगत्तै बढ्दो दबाबबीच ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।