कांग्रेस सभापति शेरबहादुर देउवाको गर्धनमा १२ टाँका लगाइयो!

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चोट गम्भीर रहेको खुलासा भएको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार देउवाको गर्धनमा गहिरो घाउ लागेर १२ वटा टाँका लगाउनुपरेको छ।
देउवा हाल नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचाररत छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस बैठकमा खड्काले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्।