एनआईसी एशिया बैंकका ग्राहकका लागि नवलपरासीको लन्डन ब्रिज रिसोर्टमा छुट सुविधा!

एन आई सी एशिया बैंकका ग्राहकले अब नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट सुविधा पाउने भएका छन्। बैंक र रिसोर्टबीच सम्पन्न सम्झौताअनुसार ग्राहकले बर्दघाटमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।
यस सुविधाको उपयोग गर्न बैंकका डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। त्यस्तै, मोबाइल बैंक एपमार्फत गरिएको भुक्तानीमा पनि छुट लागु हुनेछ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले विज्ञप्ति जारी गर्दै यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष सुविधा दिलाउनुका साथै मुलुकमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नु भएको छ।
बैंकले हालसम्म विभिन्न होटल, रेस्टुरेन्ट र सेवाप्रदायकसँग सहकार्य गर्दै डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको छ। नवलपरासीस्थित रिसोर्टसँगको यो सहकार्यले प्रदेशस्तरमै बैंकको सेवाप्रति ग्राहक आकर्षण बढाउने अपेक्षा गरिएको छ।
यस किसिमका सहकार्यले पर्यटन क्षेत्रमा डिजिटल भुक्तानीको प्रयोग विस्तार गर्न सहयोग पुग्ने र वित्तीय पहुँचलाई अझ सहज बनाउने विज्ञहरू बताउँछन्।