बैंकिङ

ग्लोबल आइएमई बैंकले डिजिटल ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक!

ग्लोबल आइएमई बैंकले डिजिटल ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक!

 ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ बचत योजना ‘गोल बेस्ड सेभिङ्ग’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत मोबाइल बैंकिङ प्रयोगकर्ताले न्यूनतम ५० हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको बचत लक्ष्य तोकेर निश्चित अवधिभित्र रकम संकलन गर्न सक्नेछन्।

बैंकका अनुसार ग्राहकले लक्ष्य अवधि न्यूनतम ६ महिना र अधिकतम २ वर्ष तोक्न सक्छन्। त्यसअनुसार मासिक बचत रकम, प्राप्त हुने ब्याजदर र लक्ष्य पूरा हुने समयबारे जानकारी मोबाइल एपमार्फतै उपलब्ध हुनेछ। बचत रकम प्राथमिक खाताबाट स्वचालित रूपमा वा प्रयोगकर्ताले रोजेको मितिमा राख्न सकिने विकल्पसमेत छ।

यस योजनामा ‘राउण्डअप सेभिङ्ग’ सुविधा पनि थपिएको छ। यस अन्तर्गत हरेक क्यूआर भुक्तानी गर्दा ग्राहकले नजिकको अंक, तोकिएको फिक्स रकम वा भुक्तानीको निश्चित प्रतिशत लक्ष्य बचत खातामा जम्मा गर्न सक्नेछन्। बैंकले बचत रकममा उच्चतम ब्याजदर दिने दाबी गरेको छ।

गोल बेस्ड सेभिङ्ग योजनामा संलग्न ग्राहकले ग्लोबल स्मार्ट प्लस मोबाइल एपमार्फतै बचत सुरु गर्न, विवरण हेर्न वा खाता तोकिएको समयभन्दा अगाडि बन्द गर्न सक्नेछन्। बैंकले यो सम्पूर्ण प्रक्रिया पूर्णत: डिजिटल बनाउन जोड दिएको छ।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५, साथै युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ मा ‘नेपालको सर्वश्रेष्ठ बैंक’ का रूपमा सम्मान पाएको उल्लेख गरेको छ। मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको यो निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसले ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ।

बैंकले भित्र्याउँदै आएको रेमिट्यान्स सेवा हाल संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनसहित विभिन्न देशमा फैलिएको छ।

डिजिटल वित्तीय प्रविधि र नयाँ योजनाको विस्तारसँगै, बैंकले ग्राहकलाई दीर्घकालीन वित्तीय लक्ष्य पूरा गर्न सहज वातावरण बनाउन खोजेको छ। यसले प्रतिस्पर्धी बैंकिङ बजारमा डिजिटल बचत उत्पादक प्रतिस्पर्धा थप चर्काउने संकेत गरेको छ।