बालेन्द्र शाह मात्र मेयर होइनन्, भोलिको नेपालका सम्भावित प्रधानमन्त्री?

बालेन्द्र शाह मात्र मेयर होइनन्, भोलिको नेपालका सम्भावित प्रधानमन्त्री?

काठमाडौं । पुरानो फोटोमा मेयर बालेन्द्र शाह साथीहरूसँग सहज वातावरणमा देखिन्छन्। यो फोटो सामाजिक सञ्जालमा पुनः चर्चामा आएको छ, जसलाई लिएर विभिन्न कोणबाट विचार व्यक्त भइरहेका छन्। आजको समाजको विचारधारात्मक मापन के हो? सार्वजनिक स्थलमा हुने व्यवहार सान्दर्भिक कि असान्दर्भिक? के यिनै अभ्यासहरू हाम्रो आदर्श हुन् कि होइनन् भन्ने बहस उठाइएको छ।

तर, काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहेर बालेन्द्र शाहले देखाएको कार्यक्षमता, निडर निर्णय र नयाँ पुस्ताले खोजेको परिवर्तनको शैलीले उनलाई नेपाली जनमानसमा ‘आशा र भविष्य’को प्रतीक बनाएको छ। धेरै सार्वभौम नागरिकहरूले उनलाई भविष्यमा मुलुकको नेतृत्व गर्ने सम्भावित व्यक्तिका रूपमा पनि हेर्न थालेका छन्।

विशेषज्ञहरूका अनुसार, मेयरको भूमिकामा उनले प्रस्तुत गरेको सक्रियता, पारदर्शिता र समस्या समाधान गर्ने क्षमता उनको पहिचानलाई अन्य नेताभन्दा स्पष्ट रूपमा फरक बनाएको छ। जनतासँग प्रत्यक्ष संवाद नगरे पनि, सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत उनले नयाँ पुस्ता मात्र होइन, फरक सोच खोज्ने नेपालीहरूलाई समेत आकर्षित गरेका छन्। मूलधारका भनिने विपक्षी नेताहरूले समेत उनको विरोध तल्लो स्तरमा झरेर गर्न थालेका छन्।

आगामी दिनहरूमा मेयर बालेन्द्र शाहले नेपाली राजनीतिलाई नयाँ मोड दिने सम्भावना प्रबल छ। स्थानीय सरकारको अनुभव र जनताको भरोसामा टेकेर उनले राष्ट्रिय स्तरमा नेतृत्व लिने अपेक्षा पनि गर्न सकिन्छ।

यसै कारण, बालेन्द्र शाहको व्यक्तित्व, लोकप्रियता र नागरिकहरूसँगको प्रत्यक्ष सम्बन्धले उनलाई नेपालकै भावी राजनीतिक यात्रामा एक महत्त्वपूर्ण शक्ति बनाउने संकेत दिइरहेको छ।


जेनजी म्यारिज अध्यादेश २०८२: बालेन्द्र साह अगाडि, पुराना नेता पछाडि, जेन–जी विजयी घोषणा’ शीर्षकको व्यंग्यात्मक सामग्री पढ्न तलको ट्याग 'जेनजी म्यारिज अध्यादेश, २०८२' मा क्लिक गर्नुहोस्।

जेनजी म्यारिज अध्यादेश, २०८२

संम्बधित खबर