पूर्वप्रधानमन्त्री देउवा दम्पती कुटपिट!

राजधानीमा उग्र बनेको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा कुटपिटमा परेका छन्।
उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन, नेताहरूको निवास, पार्टी कार्यालय र प्रहरी प्रभागमा समेत आगजनी र तोडफोड गरेका छन्। बढ्दो हिंसात्मक स्वरूपले राजनीतिक नेतृत्व र सुरक्षाप्रतिको असुरक्षा झन् तीव्र बनेको छ।