समाचार

सुरक्षाको कारण परिवारको जिम्मामा रवि लामिछाने नख्खु कारागारबाट बाहिरिए!

सुरक्षाको कारण परिवारको जिम्मामा रवि लामिछाने नख्खु कारागारबाट बाहिरिए!

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएका छन्। कारागार प्रशासनले लामिछानेको सुरक्षामा चुनौती भएको भन्दै जिम्मेवारी लिन असमर्थता प्रकट गरेपछि, परिवारको जिम्मामा उनलाई रिहा गरिएको कारागार स्रोतले पुष्टि गरेको छ।

लामिछानेलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी थिइन्। उनी बाहिरिँदा हजारौँ समर्थक नख्खु कारागार वरपर भेला भएका थिए। समर्थकलाई देखेपछि लामिछाने सेतो पोशाकमा हात उठाएर अभिवादन गरेका थिए।

सहकारी प्रकरणमा उनीमाथि सार्वजनिक आक्रोश बढ्दै गएको बेला लामिछाने कारागारबाट बाहिरिएको घटनाले राजनीतिक तरंग पनि उत्पन्न गरेको छ। समर्थकको उत्साह र सुरक्षाबारे देखिएको चिन्ताबीच उनको आगामी राजनीतिक कदमलाई नियाल्ने चासो अझ बढ्ने देखिन्छ।