समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी घरभित्रै जलेको अवस्थामा फेला!

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी घरभित्रै जलेको अवस्थामा फेला!

 पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित निवासमा आगजनी हुँदा उनकी पत्नी रविलक्ष्मी चित्रकार जलेको अवस्थामा भेटिएकी छन्। प्रहरीका अनुसार बिहानैदेखि त्यहाँ भेला भएका युवाहरुले नारा जुलुस गरेका थिए र केही समयपछि घरमा आगजनी भएको हो।

खनाल दम्पतीलाई सुरक्षाकर्मीले सम्भावित तोडफोडको आशंका भएपछि पछिल्लो गेटमार्फत सुरक्षित स्थानतर्फ लगिएको प्रारम्भिक जानकारी आएको छ। तर आगो निभाइएपछि घरभित्र चित्रकार जलेको अवस्थामा भेटिएकी पुष्टि गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था वा घटनास्थलबाट उद्धारबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।