उपराष्ट्रपतिको घरमै भीडको आक्रमण : सरसामान सडकमा फालेर आगजनी

उप राष्ट्रपति रामसहाय प्रसाद यादवको घरमा मंगलबार दिउँसो आक्रोशित युवाहरूले तोडफोड र आगजनी गरेका छन्।
करिब ४ बजे तिर दुई सय जति भीड कलैया उपमहानगरपालिका–५ मा रहेको यादवको निवासमा प्रवेश गरेको प्रहरीले जनाएको छ।
उनीहरूले घरभित्र रहेका सरसामान बाहिर फालेर आगो लगाएको विवरण सुरक्षास्रोतमार्फत सार्वजनिक भएको हो। तत्कालै खटिएका प्रहरी बलले स्थिति नियन्त्रणमा लिन खोजे पनि ठूलो भीडका कारण समयमै नियन्त्रण सम्भव नभएको स्थानीयहरूले बताएका छन्।