समाचार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकोमा आगजनी!

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकोमा आगजनी!

राजधानीमा उग्र बनेको  आन्दोलनकारी युवाहरूले मंगलबार अपराह्न तिर  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निवासमा आगजनी गरेका छन्।

प्रत्यक्षदर्शीहरूले भण्डारीको घरतर्फ प्रवेश गरेको समूहले ढोकामै आगो सल्काएका हुन्  पूर्वराष्ट्रपतिको स्वास्थ्य वा अवस्थाबारे भने कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरिएको भए पनि तत्कालीन क्षतिबारे यकिन विवरण आउन बाँकी छ।