समाचार

राष्ट्रिय वाणिज्य बैंक तोडफोड!

राष्ट्रिय वाणिज्य बैंक तोडफोड!

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा आज प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।

बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार प्रदर्शनकारीहरू भित्र पसेका भए पनि कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी छ।

रेग्मीले शाखा कार्यालयमा तत्कालीन अवस्थामा कर्मचारी नरहेको बताए। उनले भने, “प्रदर्शनकारीहरूबाट बैंक तोडफोड भएको छ, तर क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन।”

धुकुटीसम्म प्रदर्शनकारी पुगे–नपुगेको विषयमा पनि उनले पुष्टि गर्न नसकेको बताए। चलिरहेको अवस्थाले बैंकिङ सुरक्षाप्रतिको प्रश्नलाई अझ गम्भीर बनाएको छ।