समाचार

रुकुमपश्चिम जिल्ला कारागारबाट १५८ कैदीबन्दी फरार, खोजी तीव्र

रुकुमपश्चिम जिल्ला कारागारबाट १५८ कैदीबन्दी फरार, खोजी तीव्र

रुकुमपश्चिमको जिल्ला कारागार मंगलबार अपराह्न अचानक रित्तो बनेपछि ठूलो सुरक्षा चुनौती खडा भएको छ। निमित्त कारागार प्रमुख अकबिर घर्तीका अनुसार बिहानसम्म १५८ जना कैदीबन्दी कारागारमा रहेका थिए तर कार्यालय समयपछि सबै भागेका हुन्।

घर्तीले प्रारम्भिक रूपमा करिब १५–२० जना पुनः नियन्त्रणमा ल्याइएको जानकारी दिए। उनका अनुसार बाँकी कैदीबन्दीलाई खोजीका लागि प्रहरी परिचालन भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले कैदीबन्दी भागेको सूचना मिल्नेबित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी तत्काल खटिएको बताए। उनका अनुसार केही कैदीबन्दी नियन्त्रणमा लिन सकिएको छ भने बाँकीको खोजीलाई तीव्र बनाइएको छ।

कैदीबन्दी समूहगत रूपमा कारागारबाट निस्कनु नेपालको कारागार व्यवस्थापनमा देखिएको गम्भीर कमजोरीको संकेत हो। अबको प्रमुख चुनौती भागेका कैदीबन्दीलाई छिट्टै नियन्त्रणमा ल्याउनु र कारागार सुरक्षा व्यवस्थामा देखिएको कमजोरीलाई सच्याउनुमा देखिएको छ।