राजनीति

'बिआईआर ऋणजाल' राष्ट्रिय स्वाधिनताको लागि  खतरा भएको अभियानको निष्कर्ष 

'बिआईआर ऋणजाल' राष्ट्रिय स्वाधिनताको लागि  खतरा भएको अभियानको निष्कर्ष 

राष्ट्रीय एकता अभियान जनकपुरले राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल ऱ पोखरा अंतराष्ट्रीय विमानस्थल विषयक अंतरक्रिया कार्यक्रम आयोजन गरेको छ।

समाजसेवी राघवेंद्र कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अभियानका केंद्रीय संयोजक विनय यादव, विशिष्ट अतिथि वरिष्ठ नेता एबं संबिधान सभाका सदस्य मा. बिपी यादव रहेका थिए भने वक्तामा जीवन साह , जीतेन्द्र दास,मनीष पुर्वे,झोटन मेहता, लगायत थिए। 

कार्यक्रममा राष्ट्रिय स्वाधीनताको महत्व, देशको आर्थिक दुर्गतीमा बीआरआई ऋणजालको भूमिका र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको व्ययभारबाट हुने आर्थिक नोक्सानका विस्तृत छलफल भयो ।

प्रमुख अतिथि विनय यादवले राष्ट्रिय एकता र विकासमा चीनबाट नेपालको राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न आबस्यक रहेको बताए। उनले पोखरा अन्तरराष्ट्रिय बिमानस्थलको लागि उपलब्ध गराईएको ऋण भोली नेपालको सार्वभौमसतालाई चुनौती हुने खतरा औल्याए। 

यादवको भनाईलाई समर्थन गर्दै अन्य बक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसङको बिआरआई सम्झौता खारेज गर्नुपर्ने बताए।