सम्पादकीय

हामी आयौ

हामी आयौ

हामी आएका छौं – नेपाल आजका रुपमा । यो समाजको ऐनाका रुपमा आएको छ । पत्रकारिता समाजको ऐना हो । तर, ऐना नै फोहोर हुंदा दृश्य प्रष्ट देखिदैन । दृश्यलाई ऐनाले नै दुषित बनाउंदछ । तसर्थ हामी सफा ऐनाका रुपमा आएका छौं । नेपाल आजमा समाजलाई जस्ताकै तस्तै देखाउनेछौं । हामी सन्तुलित, बस्तुनिष्ठ र यथार्थपरक छौं । यसलाई हामी व्यवहारमै पुष्टि गर्नेछौं । यो हाम्रो वाचा हो । हामी ढिलो नै सही, सत्य हुनेछौं । हतारको साहित्य भनिएपनि पत्रकारितामा गल्ति अक्षोम्य छ । अनलाइन पत्रकारिता झनै संवेदनशिल बिधा हो । अनलाइनमा राखिएको सामाग्री निमेषभरमै विश्वभर पुग्दछ । यो आफैंमा सबै माध्यम होः पढिने, हेरिने र सुनिने माध्यम । हामी यो अवसरको सदुपयोग गर्नेछौं । हामी पठनीय सामाग्री लिएर आउनेछौं । हामी हेर्नैपर्ने दृश्यसहित आउनेछौं । हामी सुन्नैपर्ने सामाग्रीसहित आउनेछौं । हामी चुनौतिका बीचमा छौं । ह्वात्तै बढेको छ अनलाइन पत्रकारिता । तर, विकृत्तिपनि अध्याधिक छ । विकाररहित अनलाइनका रुपमा नेपाल आजलाई स्थापित गर्ने हाम्रो अठोट छ । यो अठोटमा तपाईको सहयोग अनिबार्य छ । हामी सुझावको प्रतीक्षामा छौं । पाठक, दर्शक र स्रोतालाई हामी शब्दमा होइन, व्यवहारमै ग्रहण गर्नेछौं ।

नेपाल आज