भिडियो

चिनियाँ राजदूत देखि उपमन्त्रीले यसरी हेप्छन्  नेपाली नेतृत्वलाई

चिनियाँ राजदूत देखि उपमन्त्रीले यसरी हेप्छन्  नेपाली नेतृत्वलाई

गणतन्त्र आए देखी नेपाली माटोको महत्व घट्दै गएको छ । नेपाली नेताहरूको मगन्ते चरित्रका कारणले होला , सामान्य कुटनीतिज्ञहरूले पनि हाम्रा नेता मन्त्रीलाई लाइन लगाएर मन लाग्दी भन्ने गरेकाछन् र हाम्रा नेता मन्त्री प्रधानमन्त्रीहरू सो निर्लज्ज तरिकाले सुनी बस्न विवश छन । 

१ जनवरी २०२३ पोखरा बिनानस्थल उद्घाटन गर्न नेपाल सरकारका मन्त्री देखी प्रधानमन्त्री सम्म एउटै मञ्चमा जम्मा भएका थिए , उद्घाटनको क्रम बडो तामझाम साथ शुरु भयो, हुन त यो विमान स्थल बारे नेपाली सन्चार ले  अनुत्पादक लगानी भनी समाचारहरू चलाई रहेकै समय थियो , यो विमान स्थलमा महँगो ऋणको  चर्चा पनि चली नै रहेको थियो यसै बिच उद्घाटन कार्यक्रम आरम्भ भयो र चिनीयाँ राजदूतले मन्तव्य दिने क्रम शुरु भयो । 

चिनीयाँ राजदूतले आफ्नो मन्तव्यको क्रममा यो विमानस्थल चिनीयाँ आयोजना वी आर आई को भाग भएको जानकारी दिए, चिनीयाँ राजदूतले यस्तो भनी रहँदा नेपाल सरकारका पर्यटन मन्त्री मञ्च मै थिए र नेपालका प्रधान मन्त्री समेतले यो मन्तव्य घुस मुन्टो लगाई सुनी रहेका थिए।  कसैले यस बारेमा फरक विचार राखेन माहोलले के बतायो भने यो विमान स्थल चिनीयाँ लगानीमा बनेको हो र यो वि आर आई कै भाग हो , जबकी यो परियोजनामा नेपाललाई चिनीयाँ बैङ्कबाट निक्कै महँगो ऋण लागेको छ। तसर्थ यसको सत्य तथ्य आउनु पर्ने माग उठ्यो नेपाली संसद्‌मा । 

परराष्ट्र मन्त्री एन पि साउद संसद्‌मा उपस्थित भई देश सामु जानकारी दिए।  उनले भने, 'पोखरा विमान स्थल वि आर आईको भाग होइन, यो चिनको ऋण  सहयोगमा हामीले नै निर्माण गराएको योजना हो।' 

कुरा यती मै सकियो नेपाल सरकारले सो विषयमा थप केही कार्यवाही गरेको सुनिएन । अरु देशमा भएको भए सार्वजनिक मञ्च वाट झुटो भ्रम सृजना गरेको अभियोगमा यि राजदूतलाई स्पष्टीकरण सोधी देश निकाला गर्ने थियो तर हाम्रा नेताहरूले त्यस्तो साहस छुटाएनन् र शुरु भयो नेपाली विद्वान्‌हरूलाई लाइन लगाएर चिनीयाँ राजदूतको मनपरी ज्ञान दिने कार्य । 

चिनियाँ राजदूतले  विजुली निर्यात बारे  ज्ञान दिदै यस कार्यक्रममा छन – दुर्भाग्यवश, तपाईं नेपाल सँग भारतजस्तो छिमेकी छ । किनभने, भारत एक विशाल बजार हो । तपाईंले यसबाट लाभ लिनसक्ने ठूलो सम्भावना पनि छ । तर, नेपाल र अन्य छिमेकीप्रति भारतको नीति त्यति मैत्रीपूर्ण छैन । नेपालका लागि झनै हितकर छैन । त्यसैले हामी त्यसलाई नीतिगत बाधाहरू भन्छौँ । त्यस्ता परिस्थितिमा नेपाल सरकारले आफ्नो आर्थिक नीति बनाउँदा आफ्नो निर्णय लिनुपर्छ । सम्भवत अन्य कुनै देशको राजदूतले अरु अरुको देशमा आएर आफ्नो देशको राम्रो कुरा राख्ने हो अरु देशको विरोध गर्ने होइन,  तर नेपाली केही बुद्धिजीवीहरूको कार्यक्रममा उपस्थित भई चिनीयाँ राजदूतले भारतको विरोध गरे र भारत या अन्य कुनै देशसँग कसरी सम्बन्ध राख्ने समेत सिकाउन थाले र मञ्चमा उपस्थित नेपाली बुद्धिजीवीहरूले उनको सो अभिव्यक्तिको विरोध गर्नुको साटो थपडी बजाएर स्वागत गरे । 

यो परिस्थितिले के देखाउछ भने नेपालका नेता मात्र हैन कि बुद्धिजीवी भनाउँदाहरूको बुद्धिको बिर्कोको  साँचो पनि चिनियाँ सरकार लाई जिम्मा लगाएका छन । तसर्थ चिनियाँ कुटनीतिले  आफ्नो सिमा बिर्सन थालेको छ। यसको पछिल्लो उदाहरण भएको छ चिनियाँ उपराज्य मन्त्री सुन हैयानको । चिनीयाँ उपमन्त्री सुन हैयानले माघ १२ देखि १५ माघसम्म चिनीयाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमण गरिन्। । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग बेग्ला भेटवार्ता गरिन्। ।

उनले १४ माघमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली राजनीतिक दलहरूको संयुक्त परामर्श छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नेमकिपा, जनमत पार्टीसमेतका दोस्रो तहका नेतासँग खुलेर छलफल गरिन्। राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस नेता डा शशांक कोइराला, माओवादी नेता देव गुरुङ र रास्वपा नेता शिशिर खनाल लगायतको उपस्थिति थियो । 

हुँदा हुँदा चिनियाँ कम्युनिष्ट पार्टीकी उपमन्त्री हैयानले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटेर रास्वपालाई प्रगतिको शुभकामना दिएकी थिइन । यती मात्र हैन सुन हैयान  भेट्न नेपालका स्वघोषित बुद्धिजीवीहरू लाइन लागेर उनी बसेको होटेलमा भेट्न पुगे । यो भेटको क्रममा हैयानले नेपाल चिन बिचको सम्बन्धमा कसैले खेल्न खोजेको छ , सिधा नभनी उनको इसारा भारत तिर थियो। हाम्रा नेता बुद्धिजीवीहरूले उनले बिर्सेको कूटनीतिक  आचरण बारे सम्झाउनुको  सट्टा सिर निहुराएर  हस भनी उनलाई बिदा गरे। 

आजको यो चिनियाँ  डिप्लोमेसी र हाम्रा नेताहरूको प्रवृत्तिमा परिवर्तन आएन भने भोलिको दिनमा अन्य कुतनितिज्ञको  प्रस्तुती पनि यही प्रकारको हुने छ र सो समय नेपालीले दु ख बाहेक अरु केही पाउने छैन तसर्थ समय रहँदै यि चिनियाँ राजदूत तथा भ्रमणमा आएका टोलीहरूलाई यिनले बिर्सेको डिप्लोमेसी सम्झाउन आवश्यक छ ।अन्यथा देशको मर्यादा समाप्त हुने छ तर गर्ने कसले गर्ने? सबै सिर निहुराएर हस भनी बसेका छन ।