अर्थ

पुरानो इन्जिनलाई नयाँ बनाउने प्रविधि: नानो सेरामिक कोटिङ

पुरानो इन्जिनलाई नयाँ बनाउने प्रविधि: नानो सेरामिक कोटिङ

आजभोलि सवारीसाधन नहुने व्यक्ति कमै हुन्छन्। विशेषतः सहरमा बस्ने व्यक्तिसँग दुई पाङ्ग्रे या चार पाङ्ग्रे सवारीसाधन हुन्छ। सवारीसाधन भएपछि नियमित सर्भिस र मर्मतसम्भार गर्नैपर्छ। पुरानो हुँदै गएपछि इन्जिनको मर्मत पनि आवश्यक हुन्छ, जसमा धेरै खर्च लाग्छ।

तर पुरानो इन्जिनलाई नयाँ बनाउने सजिलो कोरियन प्रविधि नानो सेरामिक कोटिङ नेपालमा आएको छ। सवारी चालक वा सवारीधनीहरुले यसको व्यापक प्रयोग गर्न थालेका छन्।

पुरानो सवारीसाधनले धुवाँ फाल्ने, मोबिल खाने, पिक अप कमजोर हुने, माइलेज कम दिने जस्ता समस्या देखिन्छ। यस्तो समस्या भनेको इन्जिनमा हुने रिङ पिस्टन तथा ब्लक बोर खिइनु हो। त्यसरी खिइँदा मोबिल धुवाँको रूपमा बाहिर निस्कन्छ र समस्याहरू सिर्जना हुन्छ।

यसलाई समाधान गर्न इन्जिन खोल्नुपर्ने हुन्छ। तर नानो इनर्जाइजरले इन्जिन नखोलीकनै ग्यापलाई सेरामिक कोटिङमार्फत पुरिदिन्छ। नानो इनर्जाइजर झोल पदार्थ हो, जुन इन्जिन भित्र हालिन्छ र ताप पाइसकेपछि ठोस रूपमा स्टिलको रूप लिन्छ। यसले खिइएको ग्यापलाई पुरेर इन्जिनलाई नयाँ बनाउँछ।

सवारी चालक वा सवारीधनीहरू प्रायः व्यस्त हुन्छन् र इन्जिन खोलेर मर्मत गर्दा केही दिन सवारीसाधन वर्कसपमा छोड्नुपर्छ। तर नानो इनर्जाइजर हाल्न ५ मिनेट पनि लाग्दैन, र तुरुन्तै सवारीसाधन चलाउन सकिन्छ।

इन्जिनको क्याप खोलेर मोबिल हाल्ने ठाउँमा सिधै खन्याउने हो। यसको एक पटकको प्रयोगले सवारीसाधनलाई करिब २० हजार देखि ३० हजार किलोमिटरसम्म काम गर्छ।

ट्याक्सी नं. बा १ ञ १००९ का सवारीधनी हरिबहादुर अधिकारीले चौथो पटक यसको प्रयोग गरेका छन्। उनको ट्याक्सीमा समस्या आएपछि नानो इनर्जाइजर हालेपछि इन्जिन ठिक भएको बताए।

ललितपुरका राजन श्रेष्ठले आफ्नो पुरानो पल्सर मोटरसाइकलमा नानोको प्रयोग गरेका छन्। नानो प्रयोग गरेपछि इन्जिनको समस्या समाधान भएको र पिक अप र माइलेजमा वृद्धि भएको बताए।

नयाँ सवारीसाधनमा पनि नानो इनर्जाइजर प्रयोग गर्दा राम्रै फाइदा हुन्छ। इन्धनको बचत, पावर वृद्धि, भाइब्रेसन कम हुने, इन्जिन कम तात्ने, र सवारीसाधन स्मुथ चल्ने फाइदा छन्।

नानो इनर्जाइजरलाई टोयोटा, होण्डा, मर्सिडिज बेन्ज, किया, अउडि, ह्युन्डाई, मारुती सुजुकी लगायतका चर्चित ब्रान्डहरूले प्रमाणित गरेका छन्। यसैले पनि यसको माग बढेको छ।

नानो इनर्जाइजर