देश

प्रधानमन्त्रीसँग रूसी महिला भलिबल टोलीद्वारा भेट

प्रधानमन्त्रीसँग रूसी महिला भलिबल टोलीद्वारा भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज रूसी महिला भलिबल टोलीसँग भेट्दा प्रधानमन्त्री ओलीले सोभियत संघको समयमा शिक्षा, यातायात लगायत विभिन्न क्षेत्रमा रुसले नेपाललाई दिएको सहयोगको स्मरण गर्नुभयो। उहाँले खेलकुदको क्षेत्रमा रुसलाई बादशाहको रुपमा सम्बोधन गर्दै, दुई देशबीचको मैत्रीपूर्ण भलिबल खेललाई सकारात्मक रुपमा लिनुभयो। 

प्रधानमन्त्री ओलीले यस्ता खेलकुद प्रतिस्पर्धा मात्र नभई रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य तथा आर्केष्ट्रा जस्ता सांस्कृतिक आदानप्रदानलाई पनि अर्थपूर्ण निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।