राजनीति

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग फोनमा गरे युद्ध रोक्ने वाचा

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग फोनमा गरे युद्ध रोक्ने वाचा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर रूस-युक्रेन युद्ध रोक्ने प्रतिबद्धता जनाएका छन्। 

ट्रम्पले ट्रुथ सोशियलमा गरेको एक पोस्टमा भनेका छन्, "युक्रेनका राष्ट्रपति जेलेन्स्की सँग फोनमा कुरा भयो। उनले मलाई सफल रिपब्लिकन नेशनल कन्भेन्सनको निम्ति बधाई दिए र रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपति पदको उम्मेदवार बनेकोमा शुभकामना दिए।" आधिकारिक रूपमा रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवार बनेपछि ट्रम्पको कुनै विदेशी नेतासँगको यो पहिलो कुराकानी थियो।

ट्रम्पले ट्रुथ सोशियलमा लेखेका छन्, "म अमेरिकाको अर्को राष्ट्रपतिको रूपमा संसारमा शान्ति ल्याउनेछु र त्यो युद्धलाई समाप्त गर्नेछु, जसले यति धेरै मानिसहरूको ज्यान लिएको छ। अनगिन्ती निर्दोष परिवारहरूलाई बर्बाद गरेको छ। दुवै पक्ष मिलेर हिंसा अन्त्य गर्ने र समृद्धिको मार्ग प्रशस्त गर्ने सम्झौतामा वार्ता गर्न सक्षम हुनेछन्।"