समाचार

विवादास्पद चिनियाँ राजदूत चेन सोङको असभ्य व्यवहार: मोहना अन्सारीले गरिन कडा प्रतिबाद !

भारतीय टोलीले त्रिशूली बस दुर्घटनाको खोजीमा असफल भएपछि टिप्पणीमा आलोचना

विवादास्पद चिनियाँ राजदूत चेन सोङको असभ्य व्यवहार: मोहना अन्सारीले गरिन कडा प्रतिबाद !

चितवनको सिमलतालमा भएको दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू सवार दुईवटा बसको खोजी कार्यमा आएका भारतीय टोलीले त्रिशूली नदीको उच्च वेगको पानीले "आफूहरूले सोचेभन्दा धेरै कठिन" बनाएको बताएको छ। चार जना गोताखोर र प्राविधिकसहितको १२ जनाको टोली आइतवार स्वदेश फर्किएको छ। चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भूसालले भने, "उहाँहरूले त्रिशूलीको पानीको वेग र धमीलोपन सोचेभन्दा पनि धेरै रहेको पत्ता लगाए, जसले राम्रो सिकाइ र नयाँ अनुभव दियो।"

यसै क्रममा, चिनियाँ राजदूत चेन सोङले x.com मा एक पोस्ट गरेका छन्, "केही मानिसहरूले टिप्पणी गर्नु अनुपयुक्त हो भन्छन्। उनीहरूलाई मेरो उत्तर: टिप्पणीमा के खराब छ, खोजीलाई सबै प्रकारले तीव्र र सहज बनाउनुपर्छ। खोजीलाई छिटो बनाउन चुम्बक आवश्यक भए चुम्बक खोज्नुपर्छ। किन चुम्बक हराउँदा मात्रै मानिसहरूले सोध्ने गरे।" 

शनिवार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो। उक्त चुम्बक आइतवार काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको हो। चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको छ। 

चुम्बक फेला परेपछि राजदूत सोङले फेरि x.com मा लेखेका छन्, "यदि यो समाचार सत्य हो भने यो एक राम्रो समाचार हो। अब खोजीमा ध्यान दिनुहोस् र छिटो गर्नुहोस्। खोजी टोलीलाई शुभकामना।"

यस टिप्पणीले नेपालमा असन्तोष जन्माएको छ। पूर्व राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगका पूर्व आयुक्त अधिवक्ता मोहना अन्सारीले x.com मा कडा प्रतिक्रियास्वरूप लेखिन् , "WOW.... कस्तो कूटनीतिक टिप्पणी! @PRCAmbNepal" 

त्यस्तै, Sadiksha Karki नामकी एक x.com प्रयोगकर्ताले लेखेकी छन्, "धन्न दीपक मनाङेले गन्जी सम्म लार लाज छोप्देको छ र। नत्र त छिमेकीले उदाङ्गै पार्ने रछन्। 😁"

यस प्रकारको टिप्पणीले नेपालमा विवाद उत्पन्न गरेको छ। राजदूत सोङले भारतीय र नेपाली नागरिकहरूको क्षमतामा चुनौती दिएको मानिएको छ। उद्धार टोलीलाई अपमानित गर्नुभन्दा चीनबाट सहयोग माग्नुपर्ने टिप्पणी आएको छ, जुन विश्व राजनीतिमा एक प्रमुख शक्ति हो।

चेन सोङ