राजनीति

कृष्णकमल श्रीवास्तव: अमेरिकाको सिनेटमा नेपाली

कृष्णकमल श्रीवास्तव: अमेरिकाको सिनेटमा नेपाली

भैरहवा, रूपन्देही घर भई हाल ह्युष्टन, टेक्ससमा बसोबास गर्ने युवा विद्यार्थी कृष्णकमल श्रीवास्तव अमेरिकाको संघीय सिनेट, क्यापिटल हिल, वाशिंगटन डिसीमा इण्टरन गर्दैछन्। सम्भवतः उनी त्यहाँ इण्टरन गर्ने अवसर पाउने पहिलो नेपाली हुन सक्छन्। 

कृष्णकमलका पिता कमल श्रीवास्तव, माता कंचन, र बहिनी सहित सम्पूर्ण परिवारजनलाई धेरैधेरै बधाई छ। यो खबर सुन्न पाउँदा नेपालमा रहेका भैरहवाबासीहरू पनि गर्वान्वित भएका छन्। परिवारजनले आशा गरेका छन् कि कृष्णकमलले सफलतापूर्वक इण्टरन पूरा गर्नेछन्।

यो उपलब्धिले नेपाली समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा समेत परिचित गराउने छ र नेपाली युवाहरूका लागि प्रेरणा बन्ने विश्वास गरिएको छ।

पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा उनलाई शुभकामना दिएका छन्।