समाचार

सप्तकोशी नदीको जलसतह खतराको संकेत पार गरेपछि कोशी ब्यारेजका ४८ वटा ढोका खोलियो

सप्तकोशी नदीको जलसतह खतराको संकेत पार गरेपछि कोशी ब्यारेजका ४८ वटा ढोका खोलियो

काठमाडौँ — सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ४८ वटा ढोका खोलिएको छ।

कोशी ब्यारेजमा ३ लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

नदी आसपासका उदयपुर, सुनसरी, र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ। केही दिन यता देशभर भारी वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशभर अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित बनेको छ।