बैंकिङ

माछापुच्छ्रे बैंक र इ—क्यान झापा बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता सम्पन्न

माछापुच्छ्रे बैंक र इ—क्यान झापा बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेड र इ—क्यान झापा बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा इ—क्यान झापाको तर्फबाट अध्यक्ष श्री रोशन सुबेदी तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट सहायक महाप्रबन्धक श्री भरत कुमार लम्सालले हस्ताक्षर गर्नुभएको छ।

सम्झौता पश्चात इ—क्यान, झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ। साथै, इ—क्यान झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीहरुले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, डिजिटल माध्यमबाट विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ।