कभर स्टोरी

भारतले परराष्ट्रमन्त्री देउवालाई दियो उच्च सम्मान!

मोदीसँगको भेटले नेपालको परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिएको उच्च प्राथमिकता र सम्मानको संकेत!

भारतले परराष्ट्रमन्त्री देउवालाई दियो उच्च सम्मान!

भारत भ्रमणका क्रममा नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष शिष्टाचार भेट गर्नुभएको छ। यो भेटमा नेपाल–भारत सहकार्यलाई अझै बलियो बनाउने विभिन्न पारस्परिक लाभदायी क्षेत्रहरूबारे छलफल भएको थियो। नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणको क्रममा प्रधानमन्त्रीसँगको यस्तो उच्चस्तरीय भेट अत्यन्तै दुर्लभ मानिन्छ। यसले भारतले परराष्ट्रमन्त्री देउवालाई दिएको उच्च प्राथमिकता र सम्मानलाई प्रकट गरेको छ।

प्रधानमन्त्री मोदीले आफ्नो x.com (पूर्व ट्विटर) पोस्टमा लेख्नुभएको छ, "नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई स्वागत गर्न पाउँदा खुसी लागेको छ। भारत र नेपालबीच गहिरो सभ्यतागत सम्बन्ध र एक प्रगतिशील तथा बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारीमा निरन्तर प्रगति गर्ने आशा गर्दछु।"

यो भ्रमणले द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण उपलब्धिहरू पनि हासिल गरेको छ। नेपालले अब करिब १००० मेगावाट विद्युत् भारतलाई निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ, जसले नेपालका लागि आम्दानीको नयाँ स्रोत खोल्नेछ। यससँगै, नेपाल र भारतबीच ऊर्जा सहकार्यका क्षेत्रमा दीर्घकालीन सम्झौताहरूको कार्यान्वयनमा समेत छलफल भयो।

खेलकुद क्षेत्रमा पनि सहकार्यको नयाँ युग सुरु भएको छ। भारतीय नेशनल क्रिकेट एकेडेमीमा नेपाली क्रिकेट टोलीले प्राप्त गरेको प्रशिक्षणले नेपाल-भारतको खेलकुद सम्बन्धमा नयाँ गति ल्याएको छ।

आरजु देउवा नरेन्द्र मोदी