यौन-शिक्षा

यौन पावर बढाउन भियाग्रा खाइरहनु पर्दैन, धेरै छन् घरेलु उपाय

यौन पावर बढाउन भियाग्रा खाइरहनु पर्दैन, धेरै छन् घरेलु उपाय

यौन सम्बन्धी इच्छा प्रत्येक व्यक्तिमा स्वाभाविक रूपमा हुन्छ। तर, कतिपय पुरुषहरूमा यौन क्षमतामा कमी देखिन सक्छ, जसका कारणले उनीहरूले भियाग्रा जस्ता औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। यद्यपि, यस्ता औषधिहरूले दीर्घकालमा नकारात्मक असर पार्न सक्ने कुरा डाक्टरहरू बताउँछन्।

यौन दुर्बलता भएका व्यक्तिहरूले सधैं भियाग्रामा निर्भर रहनु पर्दैन। यौन क्षमता बढाउनका लागि केही घरेलु औषधिहरू पनि प्रभावकारी हुन सक्छन्:

१. गाजर:
गाजरमा पाइने भिटामिन 'ए' ले शरीरलाई शक्ति प्रदान गर्दछ। गाजरको नियमित सेवनले पुरुषहरूको यौन क्षमतामा पनि वृद्धि गर्दछ। भिटामिनले शुक्राणुको निर्माणमा र कामशक्ति बढाउन सहयोग पुर्याउँछ। गाजरमा पाइने भिटामिन 'ए' यसमा विशेष योगदान दिन्छ।

२. लसुन:
लसुनमा हुने पौष्टिक तत्वहरूले रक्तसञ्चारमा सुधार ल्याउँछ, जसले गर्दा यौन क्षमता पनि बढ्छ।

३. भिंडी:
भिंडीमा प्रचुर मात्रामा पाइने भिटामिन सीले यौन क्षमतामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ। जिङ्कको कमीका कारण हुने यौन उत्तेजनामा कमीलाई भिंडीको सेवनले पूर्ति गर्न सक्छ।

४. प्याज:
लसुनजस्तै प्याजमा पनि पौष्टिक तत्वहरू भरिपूर्ण हुन्छन्, जसले यौन क्षमता बढाउन मद्दत गर्दछ।

५. गोलभेडा:
गोलभेडामा पाइने लियोपिनले पुरुषको कामशक्ति बढाउनुका साथै यौन उत्तेजनासम्बन्धी समस्याहरूको समाधान गर्दछ। यसले प्रोस्टेट क्यान्सरको जोखिमलाई पनि कम गर्छ।