समाचार

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ। लगातार बढ्दै आएको सुनको मूल्य सोमबार पुनः उकालो लाग्दै अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५० हजार पुगेको छ। आइतबार यो मूल्य रु एक लाख ४९ हजार सात सयमा थियो।

छापावाला सुनको मूल्य आइतबारको तुलनामा सोमबार प्रतितोला रु तीन सयले वृद्धि भएको हो। यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु तीन सयले बढेर रु एक लाख ४९ हजार पाँच सय पुगेको छ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार, चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको छ।