विचार

बंगलादेशमा राजनीतिक खेल: शेख हसिनाको भिसा रद्दले के संकेत गर्छ?

बंगलादेशमा राजनीतिक खेल: शेख हसिनाको भिसा रद्दले के संकेत गर्छ?

युगनाथ शर्मा पौडेल


अमेरिकाले शेख हसिनाको भिसा रद्द गरेको छ। यससँगै शेख हसिनाको छोरा सजीब वाजेदले अमेरिकाले शेख हसिनालाई सत्ताबाट हटाउन भूमिका खेलेको आरोप लगाएका छन्। उनले हसिना अमेरिकाको इशारामा चल्न नचाहेको बताएका छन्। पछिल्लो समयमा अमेरिकाले बंगलादेशको सेनाले गरेको कामको प्रशंसा गरेको छ।

डोनाल्ड लुको नाम अहिले दक्षिण र मध्य एसियाली मामिलाका लागि सहायक राज्य सचिवको रूपमा चर्चामा छ। उनले यसअघि सन् २०१८ देखि २०२१ सम्म किर्गिस्तानका लागि अमेरिकी राजदूतको रूपमा काम गरेका थिए। उनलाई तत्कालीन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अविश्वासको मतमार्फत धम्की दिएको र अमेरिकाका लागि पाकिस्तानका राजदूत असद माजिद मार्फत गुप्त सन्देश पठाएको आरोप लगाएका छन्। 

लु पाकिस्तानमा इमरान खानलाई हटाउन भूमिका खेलेको आरोप पनि लागेको छ। अहिले उनको नाम बंगलादेशको पछिल्लो घटनामा पनि जोडिएको छ। हसिना सरकारलाई अपदस्थ गर्न अमेरिकाले भूमिका खेलेको र डोनाल्ड लुको नाम मिडियामा लगातार आइरहेको छ।

शेख हसिनाको आशंका छ कि अमेरिका यस क्षेत्रमा नयाँ देश बनाउने योजनामा छ। हसिनाले युक्रेन मामिलामा रुसको आलोचना अमेरिकाले चाहेको शैलीमा नगरेकोले पनि उनको सत्तामा संकट उत्पन्न भएको हो। अमेरिकी विदेश विभागको विज्ञप्तिमा हसिना सरकार अपदस्थ गर्ने योजना अघि बढेको देखिएको दाबी मिडियामा चर्चामा छ। 

ढाकामा रहेको चीन-पाकिस्तानी लबिङ पनि यसको फाइदा उठाउन सक्रिय भएको चर्चा छ। हसिना सरकारले आन्दोलनलाई नियन्त्रण गर्न चालेको कदमले धेरै मानिसको ज्यान गएको र आन्दोलनमा जन समर्थन प्राप्त भएको देखिएको छ। 

यदि अमेरिकाले हसिना सरकार अपदस्थ गर्ने दाबीमा दम छ भने बंगलादेश नयाँ रणनीतिक मैदान बन्न सक्छ। चीन पनि हसिनाबाट टिस्टा परियोजना नपाएकोमा रुष्ट देखिन्छ। हसिनाको गृहमन्त्री आन्दोलनलाई व्यवस्थित गर्न असफल भएको देखिन्छ। सोसल मिडियाको प्रभाव पुराना नेताहरूले अनुमान गर्न नसक्नु पनि अर्को कारण हो। आर्थिक अवस्था राम्रो भए पनि राजनीतिक र सामाजिक वातावरण राम्रो बनाउनु पर्ने हुन्छ।

अमेरिकाले गएको बंगलादेशको चुनावलाई मान्यता दिएको थिएन। हसिनाले अमेरिका र चीनसँग समान दूरी बनाएर जान खोजेकोले घरेलु दबाब बनेको थियो। बीएनपीलाई चुनावमा भाग लिने वातावरण बनाउन नसक्नु हसिनाको कमजोरी थियो। 

शेख मुजिबुररहमानको मूर्ति तोडने दृश्यले बंगलादेशको जन्म नै आवश्यक थिएन भन्ने पुष्टी गर्न खोजिएको छ। अमेरिका र चीनको भूमिका हेरिरहेको भारत बंगलादेशमा लोकतन्त्रको पक्षमा उभिएको छ। 

यदि बंगलादेशले जनमतसंग्रहमा पाकिस्तानमा फर्कने निर्णय गर्यो भने के होला? शेख मुजिबुररहमानको मूर्ति तोडफोड गर्ने आन्दोलनले बंगलादेशको जन्म अस्वीकार गर्ने सम्भावना पनि छ। 

अमेरिका नियंत्रित पश्चिमी मिडियाका अनुसार, लोकतान्त्रिक आन्दोलनको सिपाही बनेर सत्तामा पुगेपछि अटोक्रेटिक बनेको हसिना सरकारलाई अपदस्थ गर्ने योजना सफल भएमा छिमेकी मुलुक भारत र चीन ढाकामा आफ्नो सम्बन्ध सामान्य बनाउन तयार छन्। अमेरिकाले आफ्नो लडाकु विमान ओराल्न नयाँ विमानस्थल बनाउने योजना सफल हुने सम्भावना छ।

yugnath@gmail.com