राजनीति

अध्यक्ष ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित!

अध्यक्ष ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित!

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको छ।

पार्टीका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक आइतबार बिहान ११ बजे भक्तपुरस्थित ओली निवास, गुण्डुमा बस्ने तय भएको थियो।

यस बैठकमा शुक्रबार आफ्नो धारणा राख्न बाँकी रहेका सचिवालय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा अभिव्यक्ति दिने तयारीमा थिए।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालसहित सचिवहरू योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुजी महासेठ र लेखराज भट्टले देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्ने तालिका तय गरिएको थियो।

पार्टीले यही असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाइसकेको छ, जसमा राजनीतिक प्रतिवेदन, संगठन सुदृढीकरण र भावी रणनीतिबारे छलफल हुने बताइएको छ।