राजनीति

भ्रष्टाचार छानबिनमा ढिलासुस्तीप्रति आक्रोश: नागरिक सरकारमाथि राष्ट्रिय एकता अभियानको दबाब सभा

भ्रष्टाचार छानबिनमा ढिलासुस्तीप्रति आक्रोश: नागरिक सरकारमाथि राष्ट्रिय एकता अभियानको दबाब सभा

काठमाडौं — नागरिक सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा राष्ट्रिय एकता अभियानले मंगलबार माइतीघर मण्डलमा सशक्त दबाब सभा आयोजना गर्दै सुशील कार्की नेतृत्वको सरकारले भ्रष्टाचार छानबिनमा देखाएको ढिलासुस्तीप्रति कडा आपत्ति जनाएको छ।

भ्रष्टाचारविरुद्ध नागरिकको दबाब, पारदर्शिता र न्याय हाम्रो अधिकार” भन्ने नारा सहित आयोजित सभामा उल्लेख्य संख्यामा नागरिकहरू सहभागी थिए। सहभागीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भूटानी शरणार्थी प्रकरण, टेरामैक्स उपकरण खरिद, काँटोंमेंट घोटाला लगायतका चर्चित मुद्दामा तत्काल कारबाहीको माग गरे।

जनसमुदायले “जनताको कर, नेताको खर — अब यो खेल बन्द गर!”, “भ्रष्टाचारीलाई कारबाही गर, सत्य छिपाउने खेल बन्द गर!” जस्ता नाराबाजी गर्दै सरकारको निष्क्रियतामाथि तीव्र आक्रोश पोखेका थिए।

कार्यक्रम युवा नेता सुरेन्द्र स्वारको संयोजनमा सम्पन्न भएको थियो। सभामा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, अभियंता शम्भू देव, अधिवक्ता चन्द्र यदुवंशी, र अभियंता रामबाबु यादव लगायतले सम्बोधन गर्दै नागरिक सरकारले Gen-Z आन्दोलनको मर्म र अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए।

वक्ताहरूले भने — “उत्तरदायित्व माग्ने समय सुरु भइसक्यो, भ्रष्टाचार सहने युग सकियो!” भन्दै सरकारलाई ढिलासुस्ती नगरी निष्पक्ष छानबिनको दिशा लिन चेतावनी दिए।

शान्तिपूर्ण तर ऊर्जावान वातावरणमा सम्पन्न सभाको अन्त्यमा अभियानले आगामी दिनहरूमा भ्रष्टाचारविरोधी आन्दोलनलाई देशव्यापी रूपमा तीव्र गर्ने घोषणा गरेको छ।

यो प्रदर्शनले नागरिक सरकारमाथि पारदर्शिता र जवाफदेहिताका लागि जनदबाब थप बलियो बनाएको छ, र भ्रष्टाचारका ठूला काण्डहरूमा शीघ्र छानबिनको मागलाई नयाँ उचाइमा पुर्‍याएको छ।