वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन!

नेपालले पहिलोपटक टेस्ट खेल्ने राष्ट्रविरुद्धको द्विपक्षीय टी–२० सिरिज जित्दै ऐतिहासिक उपलब्धि हात पारेको छ। दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको तीन खेलको सिरिज नेपालले २–१ को अन्तरले आफ्नो पक्षमा पारेको हो।
शारजाह क्रिकेट मैदानमा भएको अन्तिम खेलमा भने नेपालको विजयी यात्रा रोकियो। पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमै सबै विकेट गुमाउँदै १२२ रनमा समेटियो। उक्त लक्ष्य वेस्ट इन्डिजले एक विकेट पनि नखोसी १२ ओभरमै भेट्टाएर १० विकेटको सानदार जित निकालेको थियो। यो जितसँगै सिरिजमा वेस्ट इन्डिजले एक मात्र सान्त्वना जित हात पार्यो।
यसअघि नेपालले पहिलो खेलमा १९ रनले र दोस्रो खेलमा ९० रनको फराकिलो अन्तरले विजयी हुँदै सिरिज उपाधि पक्का गरेको थियो। नेपालको टी–२० क्रिकेट इतिहासमा यो सिरिज विशेष मानिन्छ, किनकि यसमार्फत नेपालले उच्च स्तरको प्रतिस्पर्धीविरुद्ध आफ्नो क्षमताको प्रदर्शन गरेको छ।
सिरिजको परिणामले नेपाल क्रिकेटलाई नयाँ आत्मविश्वास थपेको देखिन्छ, र यसलाई आगामी टी–२० विश्वकप छनोटको तयारीमा महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।